भदौ–२९, संबिधानसभा निर्वाचनको मिती नजिकीदै गर्दा एकीकृत नेकपा माओबादीले खोटाङमा एक महिने चुनावी अभियान थालेको छ । 
आसन्न संबिधानसभाको निर्वाचनलाई लक्ष्यीत गर्दै एकीकृत नेकपा माओबादीले खोटाङ क्षेत्र नम्बर १ मा एक महिने चुनावी अभियान थालेको हो । 
निर्वाचनमा आफ्नोपक्षमा जनमत सिर्जना गर्ने लक्ष्यकासाथ चुनावी अभियान थालिएको एकीकृत नेकपा माओबादीका नेता सुरेशकुमार राईले जानकारी दिनु भयो । पुर्वसभाषद दुर्गाजयन्ती राईको नेतृत्वमा राज्य तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा लागी परेका छन् । 
७६ वटै गाबिसमा सञ्चालन गरिने चुनावी अभियानकाक्रममा जिल्लाका बिभिन्न ठाउँमा कार्यकर्ता प्रशिक्षण, गाउँ सम्मेलन, जनबर्गीय संगठनहरुको निर्माण, प्रचार–प्रसार लगायतका कृयाकलाप सञ्चालन गरिने एमाओबादीले जनाएको छ । 
यसकालागि क्षेत्र नम्बर १ मा पुर्वसभाषद दुर्गाजयन्ती राईको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटि, होमकाजी आचार्य ‘बिनोद’को संयोजकत्वमा ५०१ सदस्यीय प्रचारप्रसार कमिटि, जीवन राई ‘संगीन’को संयोजकत्वमा ४५ सदस्यीय व्यवस्थापन तथा अनुगमन समिति र दुर्गाजयन्ती राईकै संयोजकत्वमा अर्थ संकलन तथा अनुगमन समिति गठन गरिएको छ ।