खोटाङ जेठ–२३, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हरेक वडामा खेलमैदान निर्माण गर्न शुरु गरेको छ ।  सात वडा रहेको गाउँपालिकाको हरेक वडामा ६० मिटर चौडाई र एक सय मिटर लम्बाई लामो खेल मैदान निर्माण गर्न शुरु गरेको हो । 
गाउँपालिकाको समग्र खेलकुदको विकासका लागि प्रत्येक वडालाई दश÷दश लाख रकम बिनियोजन गरेर सातै वडामा खेलमैदान निर्माणको अभियान थालिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 
गाउँपालिका प्रमुख राईका अनुसार पाँच वटा वडामा खेलमैदान निर्माण भईसकेका छन् ।