असोज-५, भीरबाट लडेर खोटाङमा एक भरियाको ज्यान गएको छ । उदयपुरको बेलटारबाट सामानको भारी बोकेर घर आउनेक्रममा डम्बर्खुशिवालय ५ का ४५ वर्षीय रमेश बिश्वकर्माको भीरबाट लडेर ज्यान गएको हो ।
स्थानीय राजकुमार बिष्टको सामान लिएर आउनेक्रममा जिल्लाकै देबीस्थान ८ स्थित बुँवा खोलाको भीरबाट लडेर बिश्वकर्माको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक दुर्गा रेग्मीले बताउनु भयो ।
भीरको अप्ठ्यारो बाटोबाट भारीसँगै चिप्लिएर लडेका बिश्वकर्माको घटनास्थलमै मृत्यू भएको स्थानीय शिक्षक माधव फुयाँलले जानकारी दिनु भयो ।