असोज–२२, खोटाङमा बागी उम्मेदवार दिएका कांग्रेसका एक कार्यकर्ताले आफ्नो बागी उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस क्षेत्र नम्बर १ का आधिकारिक उम्मेदवार नरेशकुमार श्रेष्ठको क्षेत्रबाट बागी उम्मेदवारी दिएका क्षेत्रीय सचिव श्यामकुमार राईले आफ्नो बागी उम्मेदवार फिर्ता लिनु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागी उम्मेदवार राईले मंगलबार साँझ ५ बज्नुभन्दा केही समय अघि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो ।

जिल्लाका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार बिरुद्ध बागी उम्मेदवार परेको थियो । क्षेत्र नम्बर २ का आधिकारिक उम्मेदवार बिष्णुकुमार राईको क्षेत्रबाट उम्मेदवारी दिएका क्षेत्रीय अध्यक्ष बिष्णुराज राईले भने आफ्नो बागी उम्मेदवार फिर्ता लिनु भएको छैन ।