कात्तिक–८, खोटाङको लिकुवापोखरी र भोजपुरको ढाँड्लेखानी गाविसको बीचमा पर्ने तुइसिङ खोलामा सोलिङ गरिएको छ ।
लिकुवापोखरीमा निर्माणाधिन खैलाखोला खानेपानी आयोजना स्कीम नम्बर–१ र बुलबुले खानेपानी योजना स्कीम नम्बर–२ को सामान ओसार–पसारका लागि सोलिङ गरिएको हो ।
हाल कच्ची सडक निर्माण गरिएको सो खोलामा ढुंगा ओछ्याएर सोलिङ गरिएको स्थानीय शिक्षीका प्रमिला राईले जानकारी दिनुभयो । खैलाखोला खोनपानी आयोजना स्कीम नम्बर–१ र बुलबुले खानेपानी योजना स्कीम नम्बर–२ का २०÷२० जनाको सहभागीतामा सोलिङ गरिएको शिक्षीका राईको भनाइ छ ।
खानेपानी योजनाको सामान धनकुटाको लेगुवा, भोजपुर हुँदै लिकुवापोखरीमा ल्याउनका लागि खोलामा सोलिङ गरिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
खैला खोला खोनपानी आयोजना स्कीम नम्बर–१ का अध्यक्ष धनबहादुर महाराजी, बुलबुले खानेपानी योजना स्कीम नम्बर–२ का अध्यक्ष मनीकुमार राई र सुजिन्द्र राईको नेतृत्वमा खोलामा सोलिङ गर्ने काम सम्पन्न गरिएको जनाइएको छ ।
सोलिङ गर्नका लागि स्थानीय धर्मराज राई र जीवन राईले आ–आफ्नो ट्याक्टरमार्फत २० ट्रक ढुंगा निशुल्क ओसार्न सहयोग गर्नुभएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।