कात्तिक–८, खोटाङको जालपाका समुदायले आफ्नै पहलमा सामुदायिक अस्पताल सञ्चालनमा ल्याएका छन् । 
ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवाको सुविधा पु¥याउने उद्देश्यले एक करोड ७५ लाख रुपैयाँको लगानीमा १५ शैयाको अस्पताल समुदाय आफैले सञ्चालनमा ल्याएका हुन् ।
प्रसुति, बालबालिका, हाडजोर्नी लगायतको उपचार हुने अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक विकास राईले बताउनुभयो । उहाँका अनुसार अस्पताललाई आवश्यक सम्पूर्ण उपकरण सहित सेवा सुरु गरिएको छ ।
अस्पताल सञ्चालनका लागि एक चिकित्सक, एक हेल्थ असिस्टेण्ड, दुई सिएमए, एक स्टाफनर्स, तीन अनमी, एक ल्याव टेक्नीसिएन, एक डार्करुम असिस्टेण्ड, एक जना फार्मेसी ९बिफाम० लगायतका जनशक्ति उपलब्ध छन् । 
यस बाहेक एक प्रशासकीय अधिकृत, एक लेखा, दुई सहयोगी, एक चौकीदार लगायतका कर्मचारी पनि अस्पताल सञ्चालन खटिएका छन् ।
स्थानीय समुदाय, गाविस, स्थानीय गैरसरकारी संघसंस्था, सहकारी, विद्यालयलगायतबाट संकलन भएको रकमले उपकरण, भवन र जग्गा खरिद गरिएको राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘तीन वर्षसम्मको प्रयासले अस्पताल सञ्चालन गर्न सकियो ।’
सरकारी अस्पतालमा राम्रो उपचार नहुनुले अकालमै मर्नु पर्ने वाध्यतालाई आत्मसाथ गर्दै अस्पताल सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभयो । ‘प्रसुतिका लागि दिनहु हेलिकप्टर चार्टर गर्नु पर्ने जिल्लावासीको वाध्यता छ’ राईले भन्नुभयो–‘यही कुराले हामीलाई अस्पताल सञ्चालन गर्न वाध्य तुल्याएको हो ।’
उपचारका लागि साधारण ३० र इमर्जेन्सींका लागि दुई सय ५० रुपैया शुल्क लाग्ने संयोजक राईले जानकारी गराउनुभयो । ‘यसबाहेक शैया शुल्क एक सय, एक्सरे सानो प्लेट दुई सय र ठूलो प्लेट तीन सय लाग्ने छ’ राईले भन्नुभयो–‘ल्याव लगायतका अन्य विभिन्न सेवाको सामान्य शुल्क लाग्ने छ ।’ यसले स्वास्थ्यकर्मी तथा कनर्मचारीका खर्च हुने मासिक छ लाख रुपैया संकलन हुनेछ ।