खोटाङ – निर्वाचनका लागि खोटाङमा ११ सय ५४ जना कर्मचारी परिचालन
गरिने भएको छ । आज जिल्ला प्रशासनमा बसेको जनशक्ति व्यवस्थापन समन्वय
समितिको बैठकले आवश्यक जनशक्ति व्यवस्थापनका लागि काम सुरु गरेको हो ।

बैठकले प्रत्येक कार्यलयबाट उपलब्ध हुन सक्ने जनशक्ति प्रस्ताव गर्न पनि
निर्देशन दिएको छ । अत्यावश्यक काम संचालन गर्न वाहेक अन्य कर्मचारी
निर्वाचनमा खटाउने पनि निर्णय भएको छ ।

 कार्यलयबाट आएको कर्मचारीको विवरण
समितिले मुख्य निर्वाचन कार्यालयलाई उपलब्ध गराएपछि मुख्य निर्वाचनको
कार्यालयले कर्मचारी छनौट गर्ने छ ।