कात्तिक ११ । राप्रपा नेपाल खोटाङको क्षेत्र नम्बर–१ का उम्मेदवार धर्मराज पोखरेललाई पितृ शोक परेको छ । ७२ वर्षीय बुबा नारायणप्रसाद पोखरेलको जिप दुर्घटनामा परी घटनास्थलमै ज्यान गएपछि उम्मेदवार पोखरेललाई पितृ शोक परेको हो ।

कटारीबाट घुर्मी आउँदै गरेको बा १ ज १७६ नम्बरको सुमो जिप आईतबार राती सिरिसेको वनदेवीमा दुर्घटना हुँदा पोखरेलसहित पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

विजयखर्क–१ घर भएका पोखरेल पञ्चायतकालमा चार पटक प्रधानपञ्च भएका थिए । सानै उमेरदेखि राजनीतिमा सक्रिय पोखरेल हाल विश्व हिन्दु महासंघ खोटाङका अध्यक्ष हुनुहुन्थ्यो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here