खोटाङ, कात्तिक । संघीय समाजवादी पार्टी खोटाङले आयोजना गरेको चुनावीसभा नेकपा एमालेका कार्यकर्ताले बिथोलेको छ । जिल्लाको दक्षिणी गाविस सावाकटहरेमा क्षेत्र नम्बर–२ का संघीय समाजवादीका उम्मेदवार सनबहादुर राईको चुनावी सभा एमाले कार्यकर्ताले बिथोलेको हो ।

एमालेको चुनाव चिन्ह सूर्य अङिकत टोपी लगाएका २५÷३० जनाको समूहले सभा बिथोलेको समाजवादीका उम्मेदवार सनबहादुर राईले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, ‘हामी कार्यक्रम गर्दै थियौ, २५÷३० जनाका समूह एक्कासी आएर निहु खोजे, त्यसपछि सभा बिथोलियो ।’ राईले थप्नुभयाने, ‘हामीले संयमता अपनायांै, यसको प्रतिवाद राजनीतिक तवरले नै गर्छौ ।’

घटनास्थल सदरमुकाम दिक्तेलदेखि झण्डै दुई दिन दक्षिणमा पर्छ । जिल्लाको दुर्गम गाविस भएकोले मंगलबार भएको घटनाको जानकारी बुधबार टेलिफोनमार्फत आउको हो ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई एमाले विद्यार्थी संगठनले जिल्ला प्रवेशमा रोक लगाएको प्रशंग जोड्दै अब एमालेप्रति प्रतिवाद गर्ने उम्मेदवार राईले बताउनुभयो । एमालेबाट फुटेर संघीय समाजवादी गठन भएताका पार्टी अध्यक्ष राईलाई एमाले विद्यार्थी संगठनका केन्द्रीय सदस्य दिपक ठटालद्वारा हस्ताक्ष्ँरित विज्ञप्तीमार्फत जिल्ला प्रवेशमा रोक लगाएको थियो ।
केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार राईले भन्नुभया, ‘आगामी संविधानसभाको चुनावले एमाले जिल्लाबाट पत्तासाफ हुदैछ ।’ उहाँले थप्नुभयो, ‘निभ्ने बेलाको टुकी जस्तै एमालेको अन्तिम चित्कार हो ।’
एमालेले यसबारे कुनै प्रतिकृया दिएको छैन । ‘यसबारे आधिकारिक जानकारी नआएकाले केही भन्नै सकिएन ।’ एमाले जिल्ला युवा नेता देवविक्रम राईले भन्नुभयो, ‘बुझेर समस्याको समाधान गरौला ।’
                                     ।।