कात्तिक २९, खोटाङको एक मतदान केन्द्रका मतदान अधिकृत आफैले मतदाता परिचय–पत्र र मतदाता नामावली हराएका छन् । 
जिल्लाको दक्षिणी गाविस बाहुनीडा“डास्थित कालिका निमावि मतदान केन्द्रमा पठाइएको मतदाता परिचय–पत्र र मतदाता नामावली मतदान अधिकृत धनबहादुर श्रेष्ठले हराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय खोटाङबाट मङ्गलबार बुझेको मतदाता परिचय–पत्र र मतदाता नामावली मतदान अधिकृत धनबहादुर श्रेष्ठ र सहायक मतदान अधिकृत हरिप्रसाद आचार्यले हराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
उक्त सामग्री हराएपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हटाएर अर्को व्यक्तिलाई खटाइएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताउनुभयो ।
उहाँका अनुसार मतदाता परिचय–पत्र र मतदाता नामावली हराएपछि उनीहरुको बदलामा मतदान अधिकृतमा जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक ठूलकुमार साह र सहायक मतदान अधिकृतमा दिपककुमार श्रेष्ठलाई खटाइएको छ । 
मतदानका लागि मतदाता परिचय–पत्र र मतदाता नामावलीको विकल्पको खोजीका लागि निर्वाचन आयोगमा परिपत्र गरिएको अधिकृत गौतमले जानकारी दिनुभयो ।