मंसिर–९, संविधानसभाको दोश्रो निर्वाचमा विजयी खोटाङका उम्मेदवार पाँचकर्ण राई र विशाल भट्टराईलाई कलम उपहार दिइएको छ । संविधानसभामा गएर देशले चाहेको संविधान निर्माणका लागि भूमिका निभाउन आव्हान गर्दै अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले एमालेकातर्फबाट विजयी भएका उम्मेदवार राई र भट्टराईलाई कलम उपहार दिएका हुन् ।
दिक्तेलमा विजय जुलुस निकालेपछि हेलीप्याडमा आयोजिक सभामा संविधान लेखनका लागि खबरदारी स्वरुप संविधानसभा सदस्यकारुपमा विजयी उम्मेदवारद्धयलाई कलम उपहार दिइएको शिक्षक संगठनको भनाइ छ । जिल्लाको इतिहाँसमा २० वर्षपछि एमालेले कांग्रेसलाई पछि पार्दै जीत हाँसिल गरेको हो । 
अघिल्लो संविधानसभा सदस्यको निर्वाचनमा एकीकृत नेकपा माओवादीले दुवै क्षेत्रमा जित हात पारेको थियो ।