मंसिर–१०, खोटाङका पत्रकारहरू तथा नेपाल पत्रकार महासंघ खोटाङले नवनिर्वाचित सभासदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  
प्रेस चौतारी खोटाङले आइतबार  आयोजना गरेको नवनिर्वाचित सभासदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा सभासद्द्धय विशाल भट्टराई र पाँचकर्ण राई, एमाले जिल्ला उपसचिव रामप्रसाद दंगाल लगायतले एमाले र उसका उम्मेदवारहरूको अनुकूल समाचार नलेखेको भन्दै आपत्ति जनाएका हुन् । 
‘सभासद् जस्तो मर्यादित र गरिमामय पदमा निर्वाचित व्यक्तिले आम नागरिकलाई सुसुचित गर्ने स्वतन्त्र र चेतनाको संवाहक सञ्चारकर्मी तथा सञ्चारमाध्यममाथि गरिएको गैरजिम्मवार र अपमानजन्य अभिव्यक्तिले आम सञ्चार जगतलाई कमजोर पार्ने र आफ्नो कार्यकालमा गरिने कमीकमजोरी ढाकछोपको दुस्प्रयास गरिएको छ ।’ महासंघ शाखाका कार्यबाहक अध्यक्ष दमन राई र सचिव सूर्य तामाङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
विज्ञपतीमा भनिएको छ, ‘तसर्थ यस्ता अभिव्यक्ति र दुस्प्रयासप्रति अझ सशक्त र निडरताका साथ कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ जिल्लामा क्रियासिल पत्रकारहरुलाई विभिन्न समयमा एमाले नेता तथा कार्यकर्ताहरुले धम्की दिने गरेको पनि जनाइएको छ । यसप्रति प्रशासन समेत मौन रहेको ठहर महासंघले गरेको छ ।