मंसिर–३०, खोटाङमा दुई दिने बृहत कृषि मेला एबं प्रदर्शनी शुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले कृषि दिवसको अवशरमा शनिबारदेखि बृहत कृषि मेला शुरु गरिएको हो । जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा थप प्रोत्साहित गर्नकालागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको कृषि बिकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत बालगोविन्द पाठकले बताए । 
कृषि व्यवसायको सम्मान र प्रोत्साहनकालागि जिल्लामा विगत छ वर्षअघिदेखि कृषि दिवसको अवसरमा प्रतियोगीतात्मक कृषि मेलाको आयोजना गरिदै आइएको छ । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समुह, फलफुल समुह, तरकारी समुह, सागपात समुह, दलहन तथा तेलहन समुह, आलु समुह, मसला समुह, माछा, अलैची, उखु लगायत स्थानीय रैथाने जातका कृषि स्टल राखिएको छ । जिल्ला विकास समिति, कृषि बिकास कार्यालय लगायत एक दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा शुरु भएको बृहत कृषि मेला प्रदर्शनी एबं कृषि दिवस समापनको अवशरमा अघिल्लो वर्षहरुमा जस्तै जिल्लाका उत्कृष्ट पाँच कृषकलाई प्रतिव्यक्ति पाँच हजारका दरले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । 
यस्तै, कृषि प्रदर्शनीमा बिभिन्न बाली समुहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पनि पुरस्कृत गरिने वरिष्ठ कृषि विकास अधिकृत पाठकले जानकारी दिए ।