पुस–६,खोटाङमा ‘करणीको प्रयास गर्न खोजेको आरोपमा एक युवाको हत्या गरिएको’ भन्ने प्रचार गलत पुष्टी भएको छ ।

मंसिर–२४ गते छिमेकी गाबिस खार्मीमा जन्ती गएकाबेला करनीको आरोपमा कुटपिट हुँदा जालपा–४ का ३३ वर्षीय रबि राईको ज्यान गएको भन्ने प्रचार गलत भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो । 
राईको खार्मी–५ का ३५ वर्षीय दिलकुमार राई, २३ वर्षीय रामभक्त भनिने जीवन राई, सुदिप राई लगायतको समुहको कुटपिटबाट ज्यान गएको थियो । करणीको प्रयासमा स्थानीयले कुटपिट गरी युवाको हत्या गरेको भन्ने अभिव्यक्ति पछिल्लो समयमा गलत सावित हुँदै भएको प्रहरीले जनाएको छ । 
कुटपिटमा संलग्न दोषीहरुले आफ्नो गल्ती ढाकछोप र बचाउकालागि युवालाई झुट्टा आरोप लगाएको खुलासा हुँदै गएका प्रहरी नायब उपरीक्षक गोबिन्द शाहले बताउनुभयो ।
गत मंसिर–२४ गते राती निर्घात कुटिएका राईको भोलीपल्ट मृत्यु भएको थियो । घट्नामा संलग्न दिलकुमार, रामभक्त, मनराखी राई र सुदिप राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सरकारी वकिल आए लगत्तै उनीहरुको बयान शुरु गरिने प्रहरी नायब उपरीक्षक गोबिन्द शाहले बताउनुभयो । साईनोमा माइतीचेली भएका कारण उनीमाथि लगाइएको आरोप गलत भएको पिडितपक्षको भनाई छ । 
यसैबीच, मृतक परिवारले घट्नाका बिषयमा बिभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ । 
पिडित परिवारले शुक्रबार विज्ञाप्ती प्रकाशित गरी सत्यतत्यको नजिक नपुगी प्रकाशित÷प्रशारित समाचारले ‘पिडितलाई थप पिडा’ दिएको जनाएको छ । ‘समाचारले मृतकका आफन्तको इज्जत र मर्यादामा समेत गम्भिर आघात पु¥याएको छ,’ मृतकका भाई एबी राईले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘अपुरणीय मानवीय क्षति बेहोर्न बाध्य बनाइएका हामीलाई हाम्रै मर्यादा र सम्मानमा समेत चोट पुगेको छ ।’