पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले माओवादीमा हिजाे माओवादीमा त्याग गर्न प्रतिस्पर्धा हुने गरेकाेमा आज पदका लागि लडाई भइरहेकाे टिप्पणी गरेका छन् ।
२१ ओँ दिलकाजी-इन्दिरा स्मृति दिवसकाे अवसरमा काठमाडाैंमा आयाेजित एक कार्यक्रममा उनले माओवादी माओवादी हिजाे जुन वर्गलाई लिएर अघि बढ्याे आज त्यही वर्गलाई बिर्सिएकाे बताए ।
उनले माओवादी विधि पद्वतिमा नचलेकाे टिप्पणी गर्दै उल्टाे बाटाे हिडिरहेकाले सच्चिनुलपर्ने बताए । ‘हिजाे गाउँ गाउँमा संगठन बनाउन प्रतिस्पर्धा हुन्थ्याे, त्यागका लागि मर्नका लागि प्रतिस्पर्धा हुन्थ्याे, आज त शहरमा बसेर पदका लागि लडाई भईरहेकाे छ ।’ उनले भने । उनले युवाहरूलाई अघि बढ्न समेत आह्वान गरेका छन् ।
Home खोटाङ समाचार माओवादीमा हिजाे काे मर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्याे, आज शहरमा पदका लागि लडाई...