पुस–८, खोटाङमा एकैसाथ तीन घरमा नगद तथा गरगहना चोरी भएको छ । शनिबार राती याम्खा–८ का हिकमत कार्की, धम्म कार्की र सबिना कार्कीको घरबाट सुन तथा नगद चोरी भएको हो ।
हिकमतको २० हजार नगद र १२ आना सुन, धम्मको एक थान सिक्री, एक थान बाला, एक थान बेरुवा औंठी गरी ३ तोला सुन र नगद १० हजार तथा सबिनाको नगद ६ हजार ५०० चोरी भएको स्थानीय राजु मुग्रातीले जानकारी दिनुभयो । 
सुतेको समय पारेर ३–४ जनाको समुहमा आएका समुहले नगद तथा सुन चोरी गरेको उनीहरुको भनाई छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।