जेठ–३१, वैदेशिक रोजगारीमा गएको ब्यक्ति तथा परिवारको हकहीतमा काम गर्ने उदेश्यले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ । नगरको–११ नम्बर राजापानी निवासी युवराज कार्कीको अध्यक्षतामा ११ सदस्यीय हकहीत संरक्षण केन्द्रको बिहिबार गठन गरिएको हो ।
 बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीको सहजीकरणमा गठन गरिएको केन्द्रको उपाध्यक्षमा लाई चयन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै रहने प्रण गरेका ब्यक्तिलाई मात्र समाबेश गरिने केन्द्रको सचिबमा, सहसचिबमा र कोषाध्यक्ष्मा रहनुभएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र पालिकाभित्रका सम्भावित आप्रवासीलाई सही सूचना तथा जानकारी दिनका लागि केन्द्रको गठन गरिएको सामाजिक परिचालक अन्जु राईले बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउन केन्द्रले पहल गर्नेछ ।
जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनासँगको सहकार्यमा पहल गरिएको संरक्षण केन्द्र स्थापना पछि आप्रवासीहरुको समस्याहरु सम्बन्धित निकायसम्म पु¥याउन सहज भएको स्थानीय बताउँछन् ।
केन्द्रले  सम्भाबित आप्रवासीहरुलाई सीप तालिमको महत्व बुझाउने, सूचना केन्द्र पठाउने, वैदेशिक रोजगारीको क्रममा आई परेका समस्याहरुको समाधानका लागि सहयोग गर्ने लगायतका काम गर्दै आएका छन् । हकहित संरक्षण केन्द्रले सुरक्षित वैदेशिक रोजगारलाई राज्य तथा स्थानीय तहको प्राथमिकतामा समाबेश गर्न पहल गर्ने, स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने लगायतको काम गर्दै आएको बालसेवा समाज नेपालको सामाजिक परिचालक राईको भनाई छ ।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सही सदुपयोग तथा दीगो आम्दानी र उत्पादनमुलक क्षेत्रमा लगानी, बचत गर्न समेत हकहीत संरक्षण केन्द्रले पे्ररित गर्दै आएको बताईएको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई दीगो आम्दानीमुलक क्षेत्रमा लगानी गरी निरन्तर वैदेशिक रोजगारीमै गईरहनुपर्ने अवस्थाको अन्त्य गर्ने पहलमा स्वरुप यसअघि रावाबेंसी गाउँपालिकामा पनि पालिका स्तरीय केन्द्रको गठन भईसकेको छ ।