पुस–११,  खोटाङको उत्तरी गाबिस बाक्सिलामा सेफ्टी ट्यांकीभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको छ । बाक्सिला–१ की कविता बिश्वकर्माको ट्वाइलेटको सेफ्टी ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा बिश्वकर्माको ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले बताउनुभयो । नवजात शिशु जन्माएर सेफ्टी ट्यांकीमा फालेको आशंकामा कविता विश्कर्मालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक देवले बताउनु भयो ।