पुस–१३, कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यकासाथ खोटाङमा कृषि उद्यम संयोजन केन्द्र गठन गरिएको छ । जिल्लाका दिक्तेल, बाम्राङ, खाल्ले लगायतका १० गाविसका किसानको भेलाले शुक्रबार खडेन्द्र राईको संयोजकत्वमा १५ सदस्यीय कृषि उद्यम संयोजन केन्द्र गठन गरेको हो । 
जिल्लामा कृषि पेशालाई व्यवसायीकरण गर्दै कृषि फर्म तथा कम्पनी दर्ता गर्न प्रेरित गर्ने उद्धेश्यले संयोजन केन्द्र गठन गरिएको कृषि उद्यम संयोजन केन्द्रका सह–संयोजक गंगा विश्वकर्माले जानकारी दिनुभयो । कृषि उद्यम संयोजन केन्द्रले कृषिकालागि जिल्ला बिकास समिति तथा गाबिसमा छुट्टिने बजेटलाई सही सदुपयोग गर्न सघाउ पु¥याउने विश्कर्माको भनाइ छ । 
कृषिका लागि जिल्लामा वार्षिक करिब दुई करोड रकम छुट्टिने गरेपनि सही ठाउँमा सदुपयोग नभएको कृषि उद्यम संयोजन केन्द्रले जनाएको छ । कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले खोटाङ उद्योग वाणिज्य संघको पहलमा कृषि उद्यम संयोजन केन्द्र गठन गरिएको हो । 
कृषि उद्यम संयोजन केन्द्रको कार्यान्वयनका लागि पाँच सदस्यीय सचिवालय समिति तथा जेपी राईको संयोजकत्वमा ३ सदस्यीय योजना निर्माण तथा रणनितीक समिति पनि गठन गरिएको छ । समितिलाई सहयोग गर्नकालागि उद्योग बाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजू, नाहिमा कृषि श्रोत केन्द्रका कार्यकारी निर्देशक सुर्यबहादुर राई, रुपाकोट रेडियोका स्टेशन मेनेजर टंकबहादुर थापा र संघका दोश्रो उपाध्यक्ष राजेन्द्र लयालु सल्लाहकार रहनुभएको वाणिज्य संघले जनाएको छ ।