पुस–१८, फुटबल ग्राउण्ड निर्माणका लागि खोटाङको दिक्तेलस्थित सोल्मा स्पोर्टस क्लवलाई स्थानीयबासीले ६ लाखभन्दा बढि आर्थिक सहयोग गरेका छन् । दिक्तेल–७ सोल्मामा फुटबल ग्राउण्ड निर्माणका लागि स्थानीयबासीले स्पोर्टस क्लवलाई प्रतिब्यक्ति ५ सयदेखि १ लाखसम्म आर्थिक सहयोग गरेका हुन् । 
१ करोड १२ लाखको लागतमा पूरा गर्ने प्रारम्भिक अनुमान गरिएको फुटबल ग्राउण्ड निर्माणका लागि स्थानीयबाट ६ लाख ६७ हजार ६ सय रुपैयाँ रकम जम्मा भएको क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताउनुभयो । ग्राउण्ड निर्माणका लागि जग्गा खरिद गरिसकेको क्लवलाई स्थानीयबासीले आर्थिक सहयोग गरेका हुन् । 
भर्खरै स्थापना भएको क्लवले फुटबल ग्राउण्ड निर्माणकालागि सोल्मामै ९ लाखमा २५ रोपनी जग्गा किनेको छ । क्लवका अनुसार ग्राउण्ड निर्माणका लागि पत्थरमान राई, रमन राई र रुद्रबहादुर राईले प्रतिव्यक्ती एक/एक लाखका दरले आर्थिक सहयोग गर्नुभएको छ । 
स्थानीय धनीराम राई र सनतकुमार राईले ५०/५० हजार, राजकुमार राईले ३० हजार, धनकुमार राई, जयबिक्रम राई र डम्बर राईले २५/२५ हजार, जगशेर राईले २० हजार, राकेश राईले १५ हजार आर्थिक सहयोग गर्नुभएको अध्यक्ष राईले जानकारी दिनुभयो । 
यसैगरी, मालिकराम राई र पेङ्गुइन राईले १३/१३ हजार दिनुभएको छ । गाउँका सात जनाले प्रतिव्यक्ति १०/१० हजारका दरले आर्थिक सहयोग गरेका छन् । 
स्थानीय पुजनदीप राईले पनि क्लवलाई दुई रोपनी जग्गा निशुल्क दिनुभएको छ । फुटबल, भलिबल लगायतका खेल खेल्नकालागि गाउँमै ग्राउण्ड निर्माण थालिएको राईले बताउनु भयो ।