पुस २१, सवारी दुर्घट्ना, मादक पदार्थ सेवन, मानव बेचबिखन लगायतकाबिरुद्ध खोटाङमा जनचेतनामूलक -याली निकालिएको छ । सामुदायिक विकास सेवा केन्द्र र प्रहरीले माइकिङ गर्दै शनिबार सदरमुकाम दिक्तेलमा जनचेतनामूलक -याली निकालेको हो । 
दिक्तेलको रत्नपार्कदेखि हाटडाँडासम्म माइकिङ गर्दै घुमेको समूहले हेलमेट लगाएर मात्र मोटरबाइक चलाउन, मोटरबाइकमा दुईभन्दा बढि नचढ्न, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन आव्हान गरेको छ । यस्तै, तोकेको समयभित्र होटल बन्द गर्न, चेलीबेटी बेचबिखनको अन्त्य गर्न, लागूपदार्थ सेवन नगर्न माइकिङ गरेको छ । 
सवारी दुर्घट्ना कम गर्न, दुव्र्यसनीमुक्त समाज निर्माण गर्नकालागि संयुक्तरुपमा जनचेतनामूलक ¥याली निकालिएको सामुदायिक विकास सेवा केन्द्रका सचिव दिलिप खत्रीले बताउनु भयो ।