पुस–२२, खोटाङको डिकुवा गावसलाई जुवातास तथा अनैतिक सम्बन्ध निषेधित क्षेत्र घोषणा गरिएको छ । स्थानीय जनशान्ति युवा क्लव डिकुवाको पहलमा गाविसमा जुवातास खेल्न तथा अनैतिक यौन सम्बन्ध राख्न निषेध गरिएको हो । 
गाउँमा खुल्ला रुपमा जुवातास खेल्ने तथा अनैतिक यौन सम्बन्ध राख्नेहरुको संख्या वृद्धि हुनुका साथै यस्ता क्रियाकलापले समाजमा बिकृति फैलिएकाले नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको क्लवका अध्यक्ष सम्बर राईले जानकारी दिनुभयो । राईका अनुसार क्लवले गरेको निर्णय उल्लंघन गर्नेलाई गाविस तथा संघसंस्थाबाट प्राप्त हुने सेवासुविधाबाट छ महिना वञ्चित गर्ने र पटक–पटक सजक गराउँदा समेत नसच्चिएमा सामाजिक बहिस्कार गरिने छ । 
यसैवीच, क्लवको आईतबार बसेको बैठकले यातायात सुविधाबाट वञ्चित दाम्ली मावि डिकुवासम्म सडक बिस्तार गर्ने निर्णय गरेको छ । क्लवका पदाधिकारीहरुको सक्रियतामा श्रमदानमार्फत भञ्ज्याङको आहालडाँडादेखि दाम्ली माविसम्मको साँढे तीन किलोमिटर मोटर बाटो निर्माण गर्ने निर्णय गरेको हो ।