पुस–२८, खोटाङको अर्खौले–९ मा पहिलो पल्ट विद्युत बिस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको ३ लाख तथा गाविसको १ लाख गरी जम्मा तीन लाख रुपैयाँ लगानीमा केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत बिस्तार गरिएको हो । 
उदयपुरको गाईघाट–जलजले–दिक्तेल ११ केभी प्रशारण लाईन अन्तरगत बिस्तार गरिएको विद्युतले त्यस वडाका ५६ घरधुरीमा विजुली बलेको स्थानीय युवा प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । समाजसेवी किशोर श्रेष्ठले एक कार्यक्रमकाबीच पामेमा विद्युत उद्घाटन गर्नुभएको हो । 
तारको अभावमा केही बस्तीमा तत्काल विद्युत बिस्तार गर्न नसकिएको विद्युत बिस्तार समितिले जनाएको छ । आवश्यक तारको व्यवस्था गरी अन्य बस्तीमा पनि विद्युत पु¥याइने समितिले जनाएको छ ।