माघ–३, पोखरीमा डुबेर खोटाङमा वृद्धाको ज्यान गएको छ । याम्खा–४ कोटगाउँकी ८४ वर्षीया वृद्धा चम्फा राईको बिहीबार ज्यान गएको हो । 
बाम्राङ–५ स्थित छोरी देवी राईको घरमा बस्दै आएकी वृद्धाको सागसब्जीमा हाल्न निर्माण गरिएको पोखरीमा डुबेर ज्यान गएको स्थानीय ललितकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार बिहान चर्पी गएकी वृद्धा पानी लिन जाँदा चिप्लिएर पोखरीमा डुबेकी हुन् ।
उता, घटना बारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । 
पारिवारिक श्रोतका अनुसार मृत वृद्धाको शव किराती परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।