माघ–११, खोटाङको रसुवा–कालापानी–खोटाङबजार सडक सर्वेक्षणका क्रममा पु¥याइएको अवरोध खुलाउनका लागि स्थलगत अध्ययनको तयारी गरिएको छ । सडक सर्वेक्षणकाक्रममा स्थानीयबासीबाट पु¥याइएको अवरोध खुलाउने जिम्मेवारी पाएको स्थानीय शान्ति समितिको आव्हानमा बसेको बैठकले स्थलगत अध्ययन गरी समस्य हल गर्ने निर्णय गरेको हो । 
विवाद समाधानको पहल स्वरुप आगामी माघ २२ गतेका दिन दिक्तेलबाट सर्वपक्षीय टोली विवादित स्थलतर्फ स्थलगत अध्ययनका लागि जाने निर्णय गरिएको समितिका संयोजक राम दंगालले बताउनुभयो । जिल्लास्थित दलका प्रमुख, प्रशासन, जिल्ला विकास समितिका प्रतिनधिहरु सम्मिलित सर्वदलीय टोलीमार्फत स्थलगत अध्ययन गर्ने र विवाद समाधान गर्ने निर्णय गरिएको दंगालले जानकारी दिनुभयो । 
अवरोधको विषयमा स्थलगत अध्ययन गरेर फर्किएपछि आवश्यक सहमती कायम गर्दै निर्वाधरुपमा सडक निर्माणका काम गर्ने वातावरण सिर्जना गर्न पहल गरिने छ । राजनीतिक दलका स्थानीय नेताहरूको घर पायकबाट सडक नबन्ने भएपछि उनीहरुकै उक्साहटमा सडक सर्वेक्षणमा अवरोध सिर्जना गरिएको श्रोतको भनाइ छ । 
सडक सर्वेक्षणकैक्रममा पु¥याइएको अवरोध नखुलाइए करिब २४ करोड लगानी गर्न तयार भएको स्वीस सरकार लगानी गर्नबाट पछि हट्ने जिल्ला विकास समितिले जनाएको छ । जुनसुकै पार्टी वा नेताको उक्साहटमा अवरोध सिर्जना गरिएको भएपनि उनीहरुलाई साम्य पार्न एउटा साझा निर्णय गरिने बैठकमा सहभागी नेताहरुले बताएका छन् । 
सडक सर्वेक्षणमा खटिएका प्राविधिक टोलीलाई स्थानीयबासीले अवरोध पु¥याएपछि समस्या समाधानका लागि गत पुस २४ गते बसेको सर्वदलीय बैठकले समस्या हल गर्ने जिम्मेवारी स्थानीय शान्ति समितिलाई सुम्पिएको थियो । सडक सर्वेक्षणकै चरणमा आएको अवरोध खुलाउनकालागि जिल्ला विकास समितिको आव्हानमा पटक–पटक बसेको सर्वदलीय बैठकबाट समाधान ननिस्किएपछि समाधान हल गर्नकालागि शान्ति समितिलाई जिम्मेवारी दिइएको हो ।
स्थानीयबासीको अवरोधका कारण गत पुस–२ गतेदेखि सडक सर्वेक्षणको काम ठप्प बनेको छ । सडक निर्माणका लागि स्वीस सरकारले झण्डै २४ करोड लगानी गर्ने तयारी गरेको छ । आफ्नो गाउँ तथा वस्तीलाई छाडेर खेत तथा जंगलतिरबाट रसुवा–कालापानी–खोटाङबजार सडक बिस्तार गर्न लागिएको भन्दै स्थानीयबासीले सडक सर्भेक्षणमा अवरोध पु¥याएका हुन् ।
जिल्लास्थित सर्वदलीय बैठकको निर्णयपछि जिल्ला बिकास समितिले सिफारिस गरेको सो १५ किलो मिटर लम्बाइको सडक गाउँलाई छुवाएर निर्माण गर्नेगरी सर्वेक्षण गर्नुपर्ने उनीहरुको माग छ । जिल्ला विकास समितिका अनुसार रसुवा–कालापानी–खोटाङबजार सडक निर्माण गर्नुअघि विबाद हुँदै आएको र पटक–पटकको छलफलमा सहमती जुटाइए पनि सर्वेक्षणमा अवरोध पु¥याइदैआइइएको छ । 
सहमती जुटेपछि पछिल्लो समयमा मंसिर–२६ गते सर्वेक्षणकालागि प्राविधिक टोली खटिएका थिए । यसअघि भएको विवादका कारण गत साउन अन्तिम साता यता सडक सर्वेक्षणका काम ठप्प भएको थियो । २०६९ असोज–२९ गतेको सर्वदलीय बैठकले सो सडक लयायग अन्य सडकलाई प्राथमिकतामा राखेर आर्थिक सहयोगकालागि स्वीस सरकारलाई आग्रह गरेको थियो ।