माघ–१३, खोटाङको सुङदेलस्थिा चेर्खे खोला लघु जलविद्युत आयोजनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब साँडे दुई करोडको लगानीमा सञ्चांलन गर्न लागिएको चेर्खे खोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । 
विद्यूत सञ्चालनमा आएपछि सुङदेल गाविसका ५ सय २७ घरपरिवारको लगभग ४५ सय जनसंख्या लाभान्वीत हुने जलविद्युत आयोजनको पावरहावस निर्माण, तार टाङ्ने, कुलो खन्ने, इन्टेक निर्माण जस्ता महत्वपुर्ण काम सकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । ५० किलोवाट क्षमताको बिद्युत उत्पादन गर्न उपभोक्ताहरुले प्रति शेयर रु १०० का दरले रकम संकलन गर्ने तथा सबैले जनश्रम जुटाएर कामको अन्तिम चरणमा पु¥याएको उपभोक्ता समितिका अध्यक्ष भुवन रिमालले जानकारी दिनुभएको छ ।
सुङदेल वासीहरुलाई मात्र सेयर बितरण गरिएको शेयरबात करिब ३५ लाख रकम जम्मा गरिएको रिमालको भनाइ छ । विद्युतको कामलाई गति दिन गाविस भरिको प्रति घरधुरी ५ हजार रुपियाको दरले रकम  संकलन गरिएको छ । गाविस भन्दा बाहिर बसोवास गरिरहेका सुङदेल बासीहरुबाट समेत रकम संकलन गरिएको समितिले जनाएको छ ।