खोटाङ, माघ । आगामी शैक्षिकसत्रदेखि खोटाङका मावि तथा निमाविगरि ९९ विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ ।

आधुनिक प्रविधिसँग जोडेर कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले यस वर्ष जिल्लाका ६० वटा मावि र ३९ निमाविलाई ईन्टरनेट सहितको कम्प्यूटर व्यवस्था गर्न रकम वितरण गरेको हो ।

शिक्षा विभागको विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी अन्तरगत विद्यालयहरुलाई इन्टरनेट सहितको कम्यूटर व्यवस्थापनकालागि रकम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङका योजना तथा कार्यक्रम अधिकृत अशोक पराजुलीले बताउनुभयो । इन्टरनेट सहितको कम्यूटर कक्षा व्यवस्था गर्नका लागि ९९ विद्यालयको खातामा प्रतिविद्यालय १ लाख ४० हजारका दरले रकम जम्मा गरिदिइएको पराजुलीको भनाइ छ ।

शिक्षा विभागबाट प्राप्त भएको रकममा ६० हजार थप गरी २ लाख पु¥याएर इन्टरनेटसहितको कम्यूटर व्यवस्था गर्ने शर्तमा विद्यालयको खातामा रकम जम्मा गरिदिएको शिक्षा कार्यालयले जनाएको छ । निमाबिको हकमा कक्षा ८ सञ्चालन गरिरहेका विद्यालयलाई मात्र इन्टरनेट सहितको कम्यूटर वितरण गरिएको छ ।

खातामा जम्मा भएको रकमले विद्यालयले कम्यूटर र इन्टरनेटको आफै प्रबन्ध गर्नुपर्ने जनाइएको छ । यसका लागि केही समयपछि १० दिने कम्यूटर कोर्सको कक्षा सञ्चालन गरिने शिक्षाले जनाएको छ ।

तालिममा सहभागी हुने प्रधानाध्यपक तथा शिक्षकले अनिवार्यरुपमा ल्यापटप लिएर मात्र सहभागी हुन पाउने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभयो ।
गत वर्ष २७ वटा माबिलाई इन्टरनेट सहितको कम्यूटर व्यवस्थापनकालागि रकम दिइएको थियो । बाँकी विद्यालयमा पनि क्रमशः कम्यूटर व्यवस्था गर्दै लगिने योजना तथा कार्यक्रम अधिकृत पराजुलीले जानकारी दिनुभयो ।