फागुन–१, सशस्त्र द्वन्द्वका समयमा जिल्ला कारागार शाखा खोटाङबाट भगाइएका एक कैंदी आठ वर्षपछि पक्राउ परेका छन् । तत्कालिन नेकपा माओवादीले आक्रमण गरी कारागारबाट भगाएका खार्ताम्छा–६ का ज्ञानबहादुर विश्वकर्मा आठ वर्षपछि पुनः पक्राउ परेका हुन् । 
आफ्नै सासुको हत्या गरेको आरोपमा जेल जीवन बिताइरहेका अवस्थामा भगाइएका विश्वकर्मालाई बिहिबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार २० वर्ष कैंद सजाय सुनाइएका विश्वकर्मालाई कारागारमा राखिएको २१ दिनपछि भगाइएको थियो । २०६२ साल असार ५ गते गरिएको कारागार आक्रमणका क्रममा ६६ कैंदी भगाइएको थियो ।