फागुन–३, आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै कोठामा सुतिरहेकी छोरीलाई रातको करिब दश बजे जबरजस्ती करणी गरेको अभियोगमा बाक्सिला–७ का ४० वर्षिय कर्णबहादुर बस्नेत पक्राउ परेका हुन् । 
मावली घर बस्दै आएकी छोरीलाई घरमा आएको मौका पारेर माघ–२९ गते राती जबरजस्ती करणी गरेपछि आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बस्नेतमाथि जबरजस्ती तथा हाडनाता करणी अन्तरगतको मुद्दा प्रक्रिया अगाडि बढाइएको छ ।’
दुईवटी श्रीमती रहेको बस्नेतले जेठी पट्टीको १४ वर्षीया छोरीलाई करणी गरेको आफन्तले दिएको उजुरीमा उल्लेख छ । पीडितको स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।