फागुन–४, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले खोटाङका एक बिमित मृतक परिवारलाई बीमा रकम प्रदान गरेको छ । बीमा गरेको ४ महिनामा मृत्यु भएका मात्तिम–९ का चन्द्रकुमार सुबेदीको परिवारलाई इन्स्योरेन्स कम्पनीले ४९ हजार ६६९ रुपैयाँ रकम प्रदान गरेका हुन् । 
प्राइम लाइफ इन्स्यूरेन्स कम्पनी शाखा कार्यालय दिक्तेलले मृतक सुवेदीका श्रीमती कल्पना सुबेदीलाई आइतबार घरमै पुगेर बीमा रकम प्रदान गरेको छ । बीमा रकम बालबालिका मावि नौलाखर्कका प्रधानाध्यपक कुमार ढकालले मृतक परिवारलाई हस्तान्तरण गर्नुभएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय दिक्तेलका सेल्स इन्चार्ज अमृत गिरीले जानकारी दिनुभयो । 
गत २०६९ साल साउन २ गते ५० हजारको १५ वर्षे बीमा गरेका सुबेदीको मंसिर ४ गते कालगतीले मृत्यु भएको थियो ।