फागुन–१४, जिल्ला पशुसेवा कार्यालय खोटाङले जिल्लाका मासु व्यवसायीलाई तत्काल व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ । बीना दर्ता सडकका पेटी तथा भुईमा राखेर मासु बिक्रीवितरण गर्नेक्रम बढेको भन्दै पशुसेवा कार्यालयले जिल्लाका मासु व्यवसायीलाई मासु पसललाई गाविस र घरेलु तथा साना उद्योग विकास समिति समक्ष दर्ता गरेर वैधानिकता लिन निर्देशन दिएको हो । 
मासु पसल दर्ता गरे नगरेको विषयमा अनुगमन गरिने जिल्ला पशु सेवा कार्यालय खोटाङका बरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले बताउनुभयो । सडकका पेटी तथा भुईमा राखेर मासु बिक्रीबितरण नगर्न गरिएको आग्रहलाई मासु व्यवसायीले बेवास्ता गरेपछि कार्यालयले यस्तो कदम चालेको हो । 
आफ्नो आग्रहलाई पालना नगर्ने मासु व्यवसायीलाई कारबाहीका लागि प्रशासन समक्ष सिफारिस गर्ने श्रेष्ठको भनाइ छ । कार्यालयका अनुशार सदरमुकाम दिक्तेलमा १३ जना मासु व्यवसायी छन् । 
मासु व्यवसायी, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग बिकास समिति लगातका प्रतिनिधिलाई सहभागी गराएर आयोजना गरिएको बैठकमा न्यूनतम मापदण्ड पूरा गरेर मात्र मासु व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको छ । बैठकमा मासुको किसिम र मूल्यासूची उल्लेख गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन समेत गर्ने निर्णय भएको छ । 
पशु स्वास्थ्य तथा पशु सेवा ऐन एबं बधशाला र मासु जाँच ऐन विपरीत मासु बिक्रीवितरण नगर्न व्यवसायीलाई सचेत गराइएको यो दोश्रो पल्ट हो । कार्यालयले मासु व्यवसायलाई व्यवस्थित बनाउँदै ग्राहकको हातमा सफा र स्वच्छ मासु पु¥याउनकालागि ध्यानाकर्षण गराएको कार्यालयले जनाएको छ । कार्यालयका अनुशार अस्वस्थकर मासु सेवनबाट मानिसलाई ‘जुकोटिन’ नामक रोग लाग्छ ।