फागुन–१४, जिल्लामै रहेर पत्रकारिताको माध्यमबाट जिल्लाको विकास निर्माणमा ठूलो टेवा पु¥याएको भन्दै कान्तिपुर दैनिकका संवाददाता डम्बरसिं राईलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । २१ औं जिल्ला परिषद् उद्घाटनको अवसरमा दिक्तेलमा आयोजित कार्यक्रममा राईलाई सम्मान गरिएको हो । 
सम्मानित राईलाई परिषद्का प्रमुख अतिथि तथा संघीय समाजवादी पार्टीका अध्यक्ष एवं संविधानसभा सदस्य अशोककुमार राईले नगद दश हजार र प्रमाण–पत्र प्रदान गर्नुभएको छ । सम्मानित राई विगत दश वर्षदेखि जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको दुई कार्यकाल अध्यक्ष सम्हाली सक्नुभएका राई सात वर्षदेखि कान्तिपुर दैनिकमा काम गर्दै आउनुभएको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारितामा कलम चलाउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले यसै वर्ष विकास पत्रकारिता कोष स्थापना गरिएको स्थानीय विकास अधिकारी युवराज अधिकारीले बताउनुभयो ।