फागुन–२२, खोटाङमा भीरबाट लडेर एक पूर्वगाविस सचिवको ज्यान गएको छ । स्थानीय खोलाबाट लडेर घाइते भएका पूर्वगाविस सचिव खाल्ले १ का ५२ वर्षीय भूमीप्रसाद राईको ज्यान गएको हो । 
छिमेकी गाविस लफ्याङ १ दोखुममा भएको आफन्तकोमा विवाहमा गई घर फर्कनेक्रममा स्थानीय साकला खोलामा लडेर गम्भीर घाइते बनेका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याउने बित्तिकै बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक राईको पोष्टमार्टमपछि आफ्नो संस्कार अनुसार बुधबार नै दाहसंस्कार गरिएको आफन्त प्रकाश राईले बताउनुभयो ।