फागुन–२७, नेपाल पत्रकार महासंघ शाखा खोटाङको चौथो जिल्ला सम्मेलनले दमन राईलाई निर्विरोध चयन गरेको छ । सुक्रबार राती सम्पन्न जिल्ला अधिवेशनले निवर्तमान कार्यवाहक अध्यक्ष राईलाई अध्यक्षमा चयन गरेको हो ।
जिल्ला विकास समितिको सभा हलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सूर्य तामाङ, सचिव उजीर कार्की, सहसचिवमा केदार मगर र कोषाध्यक्षमा डिएम चाम्लिङलाई चयन गरेको छ भने, सदस्यमा रामधन राई, अमृत गिरी, सर्मिला राई, चुडामणि गदाल, संगीता राई र सचिन राई चयन भएका छन् ।
केन्द्रीय पार्सदमा डम्बरसिं राई, दिलीप खत्री, भीम राई र सइन्द्र राईलाई सर्वसहमत चुनिएको छ । ११ सदस्यीय समिति रहेको शाखामा कृष्ण आचार्य, उजुर राई र डिसुजा राईलाई सल्लाहकार समितिमा राखिएको छ ।
त्यस्तै, चौथो जिल्ला अधिवेशनको अवसरमा जिल्लाका चार पत्रकारलाई सम्मान गरिएको छ । कान्तिपुरकर्मी डम्बरसिं राईलाई स्वतन्त्र र निडर भएर पत्रकारिता गरेवापत स्वतन्त्र पत्रकारिता सम्मान, लामो समयदेखि पत्रकारिता गर्ने कृष्ण आचार्य, सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याएकोमा रुपाकोट सामुदायिक रेडियोका टंकबहादुर थापा र पत्रकारिता गर्दै साङ्गीतिक क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्ने शाखाका सदस्य सचिन राईलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी, पत्रकारिताको माध्यमबाट जिल्लामा कृषि क्षेत्रको विकासमा योगदान पु¥याएकोमा खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्रीलाई कृषि पत्रकारिता पुरस्कार र शिक्षा क्षेत्रको विकासमा योगदान पु¥याएकोमा इन्द्र राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङको प्रायोजनमा स्थापना गरिएको कृषि र जिल्ला शिक्षा कार्यालयको प्रायोजनमा स्थापना गरिएको शिक्षा पत्रकारिता पुरस्कार हरेक तीन÷तीन वर्षमा प्रदान गर्ने गरिएको छ ।