खोटाङ । दिक्तेलको अचार्य गाउँस्थित वसपार्कमा वस नझर्दा वसपार्क ठप्प भएको छ । वर्षाद सँगसँगै बाटो विग्रिएका कारण वस आउजाउ गर्न नसकेपछि वसपार्क ठप्प भएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको रत्नपार्कदेखि जिल्ला अस्पताल हुँदै वसपार्क जाने बाटो ठाँउठाँउमा खाल्डा परेको र भलले बाटो बगाएको कारणले बाटोमा वस चल्न नसकेको स्थानीय बताउँछन् ।

दैनिक रूपमा बाह्र वटा भन्दा बढी वस झर्दै अएको वसपार्क एक महिना देखि ठप्प भएको छ । बस नझर्नाले त्यस क्षेत्रमा वसोबास गर्ने स्थानीय करिव अधा घण्टा भन्दा बढी पैदल यात्रा गरी वस चढ्नुपर्ने बाध्यता छ । वसपार्क सञ्चालनमा नआउँदा सो क्षेत्रमा स्थापना गरिएको होटल पनि बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।