फागुन–२८, नागरिकको सेवाका लागि जिल्ला पशुसेवा कार्यालयले क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरेको छ । पशु स्वास्थ्य सेवा, रोग निदान सेवा लगायतका विभिन्न दश सेवाहरूको विषयमा क्षतिपूर्ति सहितको वडापत्र लागू गरिएको हो ।
सेवामा ढिलासुस्ती लगायतका नागरिकले पाउने आधारभूत अधिकार हनन् भए पाँच सयदेखि दुई हजार रूपैयाँसम्म सम्बन्धित कर्मचारीबाट क्षतिपूर्ति दिलाइने पशुसेवा कार्यालयका प्रमुख नारायणबहादुर श्रेष्ठले बताउनुभयो । यसका लागि प्रमुख जिल्ला अधिकारी वा कृषि विकास मन्त्रालयका कृषि विकास सचिवसमक्ष उजुरी दिनुपर्ने छ ।