फागुन–२८, भीरबाट लडेर खोटाङमा एक पुरुषको ज्यान गएको छ । घाँस काट्न गएको समयमा भीरबाट लडेर निर्मलीडाँडा–५ का ५४ वर्षीय महेन्द्र कार्कीको ज्यान गएको हो ।
साथीहरुसँग घाँस काट्न जंगलमा पुगेका कार्कीको भीरबाट लडेर घट्नास्थलमै ज्यान गएको स्थानीय शेरबहादुर कठायतले जानकारी दिनुभयो । मृतक कार्कीको श्रीमती सहित ३ छोरा र २ छोरी छन् ।