फागुन–२८, नेपाली कांग्रेस खोटाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । महासंघका नवनिर्वाचित पदाधिकारीलाई पार्टी कार्यालयमा बोलाएर कांग्रेसले मंगलबार बधाई तथा शुभकामना दिएको हो । 
नेपाल पत्रकार महासंघ सबैको साझा संस्था र सो संस्थामा आवद्ध पत्रकारहरु सबैको साझा भएकाले औपचारिकरुपमा बधाई तथा शुभकामना दिइएको कांग्रेसका क्षेत्रीय सभापति तिर्थ भट्टराईले बताउनुभयो । कार्यक्रममा कांग्रेसका सचिव बीरकाजी राईले जुनसुकै पार्टीमा आस्था राखेपनि पत्रकारलाई निष्पक्ष, स्वतन्त्र र तटस्थ बनेर समाचार सम्प्रेशण गर्न आग्रह गर्नुभयो ।
महासंघको जिल्ला अधिबेसन सम्पन्न भएको भोलीपल्ट कांग्रेसले महासंघका पदाधिकारी तथा केन्द्रीय पार्षदलाई बधाई तथा शुभकामना दिएको हो । फागुन २५ गते राती सम्पन्न चौथो अधिबेसनबाट दमन राईको नेतृत्वमा महासंघको नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमालेले पनि औपचारिकरुपमा बधाई तथा शुभकामना दिने तयारी गरेको छ ।