चैत–४, खोटाङमा बहुविवाह गर्ने श्रीमानविरुद्ध जेठी श्रीमतीको उजुरी परेको छ । बहुविवाह गरेको आरोपमा बुइपा–८ का महाप्रसाद भट्टराई विरुद्ध जेठी श्रीमती चन्द्रीकाको उजुरी परेको हो ।
दोश्रो विवाह गर्ने श्रीमानलाई कारबाहीको माग गर्दै चन्द्रीकाले सोमबार उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भट्टराईले गत माघ ५ गते उदयपुरको बेल्टार गाबिसका एक महिलासँग दोश्रो बिवाह गरेको चन्द्रीकाको भनाइ छ । 
उनीहरुको २०६२ वैशाख–१७ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाह भएको केही समयपछि बैदेशिक रोजगारमा गएका श्रीमान सम्पर्क बिहीन बनेर बसेको र पछि दोश्रो बिवाह गरेको उजुरीमा उल्लेख छ । 
श्रीमानले बहुविवाह गरेपछि आफूलाई मानसिक यातना भएको पीडितको भनाइ छ । पीडितले दिएको उजुरीका बारेमा कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।