चैत–७, खोटाङमा बिहिबार साँझ पानीसँगै एक्कासी परेको असिनाले लाखौंको क्षति पु¥याएको छ । जिल्लाको विभिन्न क्षेत्रमा परेको असिनाले अन्नबाली, फलफूल र तरकारीबाली नष्ट बनाउँदा लाखौंको क्षति भएको हो ।
असिनाले लेकाली क्षेत्रमा लगाइएको मकै, आलु तथा बेँसी क्षेत्रमा लगाइएको गहुँ, फलफूल, तरकारीबाली नष्ट बनाएको कृषकहरुले बताएका छन् । लामो समयपछि पानी पर्दा केहि राहत महसुस गरिएपनि पानीसँगै असिना पर्नाले ठूलो क्षति पुगेको कृषकहरुको भनाइ छ ।
जिल्लाको बाँझेच्यानडाँडा, नेर्पा, दिक्तेल, लफ्याङ, खार्मी, रतन्छा, हौंचुर, ऐसेलुखर्क, माक्पा, खिदिमालगायतका गाविसमा पानीसँगै असिना परेको थियो । फलफूल फुलेको, मकैआलु उमे्रको, तरकारीबालीमा छाना नहालिएकाले एक्कासी परेको असिनाले क्षति पु¥याएको कृषकहरुले जानकारी दिएका छन् ।
लामो समयसम्म पानी नपर्दा जिल्लाको सुख्खा क्षेत्रका कृषकहरुले हालसम्म पनि खेती लगाएका छैनन् । पानी परेसँगै उक्त क्षेत्रका कृषकहरुले खेती लगाउन थालेका छन् ।