चैत–१८, नेपाल दलित मुक्ती मोर्चा खोटाङले दलितको नाममा परीक्षार्थीलाई कोठाबाट निकाला गर्ने घरमूलीलाई कारबाहीको माग गरेको छ । मोर्चाले एसएलसीको परीक्षा दिन सिम्पानीस्थित सिम्पानी उच्च मावि परीक्षा केन्द्र पुगेका बतासेका–३ जना दलित परीक्षार्थीलाई कोठाबाट निकाला गर्ने घरमुलीलाई कानूनी कारबाही गर्न माग गरेको हो ।
बतासेस्थित जनता उच्च मावि भण्डारीडाँडाबाट एसएलसी दिन गएका बतासे–२ का विजय विश्वकर्मा, अमिन विश्वकर्मा र टेकराज विश्वकर्मा दलित भएको थाहा भएपछि कोठाबाट निकालिएको घटनाप्रति आपत्ती जनाउँदै मोर्चाले विज्ञप्तीमार्फत दोषीलाई कारबाही गर्न माग गरेका छ । हाल काठमाडौंमा रहेका सिम्पानी–८ का राजेन्द्र खड्काको घरमा बसिरहेका उनीहरुलाई दलित भएको थाहा भएपछि घर हेरचाह गर्दै आएका खड्काको काकाको छोरा जितेन्द्र खड्काले गत फागुन–५ गते कोठाबाट निकाला गरेका थिए । 
एसएलसीको परीक्षा शुरु हुनुभन्दा अघिल्लो दिन फागुन–५ गते कोठामा पुगेका परीक्षार्थीलाई दलित भएको थाहा भएपछि त्यसै रात निकाला गरिएको नेपाल राष्ट्रिय दलित कल्याण संघ बतासेका अध्यक्ष रहेका बलबहादुर विश्वकर्माले बताउनुभयो । छुवाछुत मक्त राष्ट्र घोषणा भएको र छुवाछुत कसुर ऐन बनीसकेको अवस्थामा जातीय बिभेदका ब्यबहार गर्ने व्यक्तीलाई सजाय गरिनुपर्छ,’ मोर्चाका जिल्ला उपाध्यक्ष राजु मुग्रातीले भन्नुभयो ।