चैत–१९, चेलीबेटी बेचबिखन नियन्त्रणकालागि खोटाङमा होर्डिङबोर्ड राख्ने तयारी गरिएको छ । ललाईफकाई जिल्लाबाट हुन सक्ने चेलीबेटी तथा मानव बेचबिखन नियन्त्रणकालागि जनचेतनामूलक होर्डिङबोर्ड राख्ने तयारी गरिएको हो । 
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको मंगलबार सबेको बैठकले जिल्लाको दुई प्रमुख नाकाहरुमा सन्देशमूलक होर्डिङबोर्ड राख्ने निर्णय गरेको हो । बैठकले जिल्लाका दुई वटा एफएमबाट चेतनामूलक सन्देश प्रशारणको व्यवस्था समेत गर्ने निर्णय गरेको महिला तथा बालबालिका कार्यालय खोटाङका प्रमुख समिक्षा निरौलाले जानकारी दिनुभयो । 
यस्तै, यस वर्ष समुदायमा आधारित पुःर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने जिम्मा अपांग सेवा संघले पाएको छ । समुदायमा आधारित पुःर्नस्थापना कार्यक्रम जिल्ला समन्वय तथा अनुगमन समितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने जिम्मा अपांग सेवा संघलाई दिने निर्णय गरेको हो । बैठकले स्थानीय बिकास अधिकारी युवराज अधिकारीको संयोजकत्वमा ७ सदस्यीय ज्येष्ठ नागरिक कल्याण समिति गठन गरेको छ । 
यस्तै, ज्येष्ठ नागरिक संघको समन्वयमा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको महिला तथा बालबालिका कार्यालय प्रमुख निरौलाले बताउनु भयो ।