चैत–१९, चार समुहमा बिभाजित किरात जनवादी वर्कर्स पार्टीबीच एकीकरण भएको छ । विभिन्न समयमा टुक्रिएर चार समुहमा बिभाजित बनेको सशस्त्र भूमिगत वर्कर्स पार्टीबीच पुनः एकीकरण भएको हो ।
गत फागुन–१५ गतेदेखि बसेको विशेष भेलाले पार्टीलाई एकीकरणको बिन्दुमा पु¥याइएको वर्कर्सले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । एकीकरणपछि एक भएको वर्कर्सको नेतृत्व अब अनन्त क्रान्तिले सम्हाल्ने भएका छन् ।
पार्टीभित्र आएको फुटका कारण पार्टी कमजोर बनेको विश्लेषण गर्दै वर्कर्सले पार्टीलाई एक ढिक्का बनाएको पार्टी एकीकरण पूर्वका अध्यक्षहरु अनन्त क्रान्ति, नविन किराती, साल्पा किराती र यलम्बर किरातीले जारी गरेको संयुक्त विज्ञप्तीमा जनाइएको छ । एकताबाट मात्र पार्टीलाई लक्ष्य प्राप्तीको दिशामा अघि बढाउन सकिने निष्कर्ष सहित एकीकरण गरिएको पार्टीका सचिव तथा प्रवक्ता काईला खम्बूले बताउनुभयो ।
सरकार तथा पार्टीबीच हुने वार्तालाई निष्कर्षमा पु¥याउँदै पार्टीलाई राजनीतिक शक्तिकोरुपमा स्थापित गराउनका लागि एकीकरण गरिएको खम्बूले जानकारी दिनुभयो । शान्तिवार्तालाई निष्कर्षमा पु¥याउनका लागि आफ्नो पार्टी जुनसुकै समयमा पनि वार्ता गर्न तयार रहेको खम्बूको भनाइ छ ।
जातीय राज्यको माग राखी पूर्वी पहाडी जिल्लामा भूमिगतरुपमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले २०६४ माघ–७ गते खोटाङको फाक्टाङ, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण तथा २०६७ बैशाख–२१ गते नुनथला प्रहरी चौकीमाथि आक्रमण गरेर हतियार लुटेका थिए । वर्कर्स र सरकारबीच विभिन्न मितिमा पाँच पटक वार्ता भइसकेको छ ।
पछिल्लो समय वर्कस र सरकारबीच २०७० असार–१८ गते काभ्रेको धुलिखेलमा भएको वार्तामा पाँच बुदे सहमती भएको थियो ।