चैत–२४, सामुदायीक बन उपभोक्ता महासंघ खोटाङको अध्यक्षमा राजेन्द्र राई चयन हुनुभएको छ । 
बिजयखर्कस्थित जनचेतना निमाबिमा आइतबार सम्पन्न तेश्रो अधिबेसनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । “समावेशी र सुशासनयूक्त सामुदायिक बन समुदायको सुदृढ संगठन हाम्रो अभियान” भन्ने नारासहित सम्पन्न अधिबेसनबाट उपाध्यक्षमा मनकुमारी राई, महासचिवमा रुपा उदास र कोषाध्यक्षमा सम्बर भुजेल चयन हुनुभएको छ । सचिव भने अर्को बैठकबाट चयन गरिने महासंघले जनाएको छ । 
सामुदायीक बन उपभोक्ता महासंघका केन्द्रीय महासचिव गणेश कार्की, सचिवायलय सदस्य बलबहादुर राई र महासंघका ओखलढुंगा अध्यक्ष गोपालमान थापाको उपस्थितिमा अधिबेसन सम्पन्न भएको सहकर्मी गोबिन्द कट्वालले जनाएका छन् ।