चैत्र–२४, खोटाङमा सञ्चालन भएको कक्षा–८ को अंग्रेजी विषयको जिल्ला स्तरीय परीक्षाको प्रश्नपत्रमा त्रुटी भेटिएको छ ।
प्रश्नपत्रमा अधुरो निर्देशन, विद्यार्थीको स्तरभन्दा कडा प्रश्न, सानो र ठूलो अक्षरको प्रयोगमा लापरबाही, एक वचन र बहुवचनको प्रयोगमा बेवास्ता तथा निर्धारकको अनुचित प्रयोग, पूर्णबिराम चिन्हको जथाभावी प्रयोग लगायतका त्रुटि भेटिएको हो ।
विभिन्न किसिममा १० वटा प्रश्नहरुमध्ये अधिकांश प्रश्नहरुमा त्रुटी फेला परेको अंग्रेजी शिक्षकहरुको भनाइ छ । प्रश्नपत्रमा सामान्यभन्दा बढि त्रुटिहरु भेटिएको दिक्तेल बहुमुखी क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक लालप्रसाद घिमिरेले बताउनुभयो ।
शिक्षकहरुका अनुसार १० वटा प्रश्नमध्ये ६ वटा प्रश्नहरुमा त्रुटि फेला परेको छ । जिल्ला शिक्षा कार्यालय खोटाङले भने प्रश्नपत्र निर्माणका क्रममा र स्लाइड बनाउने क्रममा प्रश्नपत्रमा त्रुटि भएको हुन सक्ने जनाएको छ ।
परीक्षा समितिमार्फत जिल्लाका विषय विज्ञ शिक्षकहरुको सहभागीतामा प्रश्नपत्र निर्माण गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी मीनबहादुर थापाले बताउनुभयो । परीक्षाकै दिन पनि केही शिक्षकहरुबाट प्रश्नपत्रमा कमजोरी भेटिएको जानकारी आएको थापाले बताउनुभयो । शिक्षकहरुले सावधानीकासाथ प्रश्नपत्रको प्रुफ समेत नहरेरिएको पाइएको बताएका छन् ।
कतिपय प्रश्नहरु विद्यार्थीको स्तर र क्षमताभन्दा कडा भएको शिक्षकहरुको टिप्पणी छ । शिक्षकहरुका अनुसार प्रश्न नम्बर २ को ‘ए’, प्रश्न नम्बर ४ को ‘बी’ र प्रश्न नम्बर ५ को ‘आइआइ’ र ‘आएइभी’को प्रश्न विद्यार्थीको स्तर सुहाउँदो नभएको प्राध्यपक घिमिरेले बताउनुभयो । जिल्ला स्तरिय परिक्षाको प्रश्नपत्रमा देखिएको त्रुटीका कारण विद्यार्थीको सही मूल्यांकन हुन नसक्ने अंग्रेजी विषय अध्यपन गराइरहेका शिक्षकहरुको भनाइ छ ।
प्राध्यापक घिमिरेका अनुसार प्रश्न नम्बर १ को ‘सि’ मा क्ष क्ष् धभचभ ब दष्चम।। हुनुपर्नेमा प्रश्नपत्रमा क्ष क्ष् धभचभ दष्चम।। मात्र छ । प्रश्न नम्बर २ को ‘बि’ मा बिलनगबनभ को शुरुको अक्षर सानो अक्षरमा हुनुपर्नेमा ठूलो अक्षर लेखिएको छ ।
‘सि’ मा “ऋयmभ जभचभ”को शुरुको अक्षर ठूलो अक्षरमा लेखिनुपर्नेमा सानो अक्षरमा लेखिएको छ । ‘इ’ मा बल ब्mभचष्अबल हुनुपर्नेमाब्mभचष्अबल मात्र छ । सोही प्रश्नमा थभक को शुरुको अक्षर सानो र लय को अक्षर ठूलोमा लेखिएको छ ।
यस्तै, प्रश्न नम्बर ३ को ‘ए’ मा धययमभल जयचकभ।। हुनुपर्नेमा धययमभल दयह।। उल्लेख छ । सोही प्रश्न नम्बरको ‘ई’मा धजष्अज बचभ तजभ दष्ननभकत बलम कmबििभकत।। हुनुपर्नेमा धजष्अज बचभ दष्ननभकत बलम कmबििभकत।। लेखिएको छ ।
त्यस्तै, ‘डि’ मा अयलत्रगभचयचक को स्पेलीङ गलत छ । प्रश्न नम्बर ४ को अनुच्छेदको पहिलो वाक्यमा पुर्णविराम चिह्न छुटेको छ । सोही अनुच्छेदको बीच मागमा उचबथभच ाबिनक हुनुपर्नेमा उचबथभच ाबिन मात्र छ, भने अनुच्छेदको पुछारमा त्जभ कतचभभतक बचभ हुनुपर्नेमा त्जभ कतचभभत बचभ‘ उल्लेख छ ।
यस्तै, प्रश्न नम्बर ४ को ‘डि’मा ध्जबत ष्क।। दोहोरिएको छ । घिमिरेका अनुशार प्रश्न नम्बर ५ को अनुच्छेदको तेश्रो वाक्यमा बलम क्ष् कजबिि हुनुपर्नेमा बलम ब कजबिि ।।लेखिएको छ । चौथो वाक्यमा त्जभ तजष्भा तजयगनजत,।। हुनुपर्नेमा त्जभ तजष्भा तजयगनजत।।पछि एकैचोटी पुर्णविराम दिइएको छ । पाँचौं वाक्यमा तजयकभ या यतजभचक।। हुनुपर्नेमा तजयकभ या यतजभच।। मात्र छ ।
प्रश्न नम्बर ५ कै ‘बी’ माष्ल तजभ जबलमक या तजष्भा को सट्टा ष्ल तजभ जबलमक या तजष्भाुक उल्लेख छ । प्रश्न नम्बर ७ मा कउयततभम मभभच हुनुपर्नेमा कउयततभम मभबच लेखिएको छ । जिल्लामा कक्षा ८ को जिल्ला स्तरिय परिक्षा सोमबार मात्र सकिएको छ ।
जिल्लामा अंग्रेजी विषयको परीक्षा गत फागुन–१६ गतेका दिन सञ्चालन भएको थियो । जिल्ला स्तरिय प्रश्नपत्र जिल्लामा निर्माण गरी काठ्माडौंबाट प्रिन्ट गर्ने गरिएको शिक्षाले जनाएको छ ।
प्रश्नपत्रको रंग समेत विद्यार्थीलाई सुहाउँदो हुनुपर्नेमा रातो रंगको प्रयोग भएको उनीहरुले बताएका छन् ।