बैशाख–२, बखतबहादुर खड्का स्मृति प्रतिष्ठान सप्तेश्वर छितापोखरीले १० जना विद्यार्थीलार्ई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले सप्तेश्वर छितापोखरीस्थित सरस्वती उच्च मावि डाँडाखर्कमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार, गरीव तथा असाह्य १० जना विद्यार्थीहरुलाई आइतवार प्रदान गरेको हो । 
प्रतिष्ठानले कक्षा १२ का अमृता राई, सुनिता राई र सरोज थापालाई जनही ८ हजार, कक्षा–१० की लिला भुजेल, कक्षा–९ का सन्ध्या तामाङ र अमिर कटवालाई जनही ७ हजार ५ सय, कक्षा–८ का रमेश तामाङ, मुना खड्का, कक्षा–७ की बविता खड्का र कक्षा–५ की बिनिता खड्कालाई जनही ६ हजार ५ सय राशीको छात्रबृत्ति’ प्रदान गरेको प्रतिष्ठानका सचिव बिमल खड्काले जानकारी दिनुभयो । गत वर्षदेखि एकलाख राशीको पुरस्कार प्रदान गदै आएको प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति दिएर बाँकी रहेको रकम विद्यालयको भौतिक विकासका लागि प्रदान गर्ने गरिएको सचिव खड्काको भनाइ छ । 
विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्वेश्यले विद्यालयमा १० लाखको अक्षय कोष स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हरेक वर्ष १ लाख राशीको छात्रवृत्ति वितरण गदै आएको विद्यालयका प्रधानाध्यपक केशवराज कार्कीको बताउनुभयो । 
कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई सहयोग पु¥याउने ९ जना अभिभावकहरुलाई विद्यालयले पनि सम्मान तथा अभिन्नदन गरेको विद्यालयले जनााएको छ ।