बैशाख–२, खोटाङको पाथेका–४ का १८ वर्षीय एलिश  राई हत्या काण्डको बयान जारी रहेको प्रहरीले जनाएको छ ।  गत चैत–२० गते सुरु भएको बयान बैशाखभर लाग्न सक्ने प्रहरी मुद्दा फाँटका असई मनोजकुमार यादवले बताउनुभयो ।
गत फागुन–२४ गते एलिशमाथि कुटपिटपछि हत्या भएपछि पक्राउ परेका ३७ जनालाई बयान सुरु गरेको हो । फागुन–२४ गते स्थानीय हर्कमणि राईको घरबाट बोलाएर बिमला गिरीको घरमा ल्याएपछि कुटी–कुटी हत्या गरेका थिए । 
हत्याअघि हात–खुट्टा भाचेर चरम यातना दिएका थिए । पक्राउ परेकामध्ये केहीलाई मात्र जेल सजाय भोगाएर अरुलाई उकास्ने योजना भइरहेको एक स्रोतले जनायो । त्यसका लागि जिल्लास्थित केही राजनीतिक दलले पहल गरिरहेको स्रोतले सुनायो । ‘गाउँमा प्रहरी प्रशासन छैन, प्रहरी प्रशासनले गर्ने काम गाउँलेले गरेका छन्, फटाहालाई कारबाही गर्नु पथ्र्यो, गर्दा गाउँका सोझा–साझा जेल बस्नु प¥यो ।’ एक नेताले भने–‘यो केसमा केही दोषी देखिन्छन्, अरुले सफाई पाउँछन् ।’ 
प्रहरीले भने कसैलाई छुट नभई कानुन बमोजिम सबै कारबाहीमा पर्ने जनाएको छ । त्यसमा संलग्न अरु १५–१६ जना समेत पक्राउ पर्ने अवस्था देखिएको स्रोतले जनाएको छ । ‘पक्राउ परेका ३७ जना मात्र होइन, अरु १५–१६ जना पनि पक्राउ पर्ने सम्भावना छ ।’ स्रोतले भन्यो–‘उनीहरूलाई अदालतले वारेन्ट काट्छ, त्यसपछि पक्राउ हुन्छन् ।’