बैशाख–५, नेपाल नेत्र ज्योती संघ खोटाङको आयोजनामा सञ्चालित निशुल्क आँखा शल्यक्रिया शिबिरमा ७६१ जना आँखाका बिरामीको उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोगमा नेपाल नेत्र ज्योती संघले आयोजना गरेको तीन दिने शिबिरमा मोतिया बिन्दुको जटिल तथा माइनर शल्यक्रिया र सामान्य प्रकृतिका गरी ७६१ जनाको उपचार गरिएको हो । 
बुधबारदेखि शुरु गरिएको तीन दिने निशुल्क आँखा शल्यक्रिया शिविरमा ७५ जनाको मोतियबिन्दुको जटिल शल्यक्रिया, १८ जनाको माइनर शल्यक्रीय सहित ७ सय ६१ जनाको उपचार गरिएको आयोजक नेपाल नेत्र ज्योती संघका अध्यक्ष पुष्पशंकर विश्वकर्माले जानकारी दिनुभयो । शिविरमा सबैभन्दा कम उमेरका दिक्तेल–१ का ७ महिने नेल्सल बस्नेत र सबैभन्दा ज्येष्ठ नागरिक लफ्याङ–१ का ९६ वर्षीय बैजनाथ आचार्यको आँखाको शल्यक्रिया गरिएको छ । शुक्रबार सम्पन्न शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका डा. शैलेन्द्र सिंको नेतृत्वमा आएका ८ जनाको स्वास्थ्यकर्मीको टोलीले आँखाका बिरामीको उपचार गर्नुभएको थियो । 
शिबिरको दिन १६ जनाको मोतियबिन्दुको जटिल शल्यक्रीय, ७ जनाको माइनर शल्यक्रीय सहित ३६१ जना, दोश्रो दिन ३५ जनाको मोतियाबिन्दुको जटिल शल्यक्रिया, ७ जनाको माइनर सहित २५४ जना र अन्तिम दिन २४ जनाको जटिल, ४ जनाको माइनर अप्रेशन सहित १४६ जनाको उपचार गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सामुदायिक विकास सेवा केन्द्रले तीन दिनसम्म १० जनाको दरले स्वयंसेवक परिचालन गरेर सहयोग गरेको थियो ।