बैशाख–१४, सुधारिएको चुल्हो प्रयोगमा ल्याइएपछि खोटाङको मंगलटार–४ का स्थानीयबासी हर्षित भएका छन् । सुधारिएको चुल्हो निर्माणपश्चात घरभित्र धुँवा नहुने साथै दाउरामा कमी आएपछि मगर समुदाय रहेका भदौरेबासी हर्षित भएका हुन् । 
कादुरीको आर्थिक सहयोगमा  एरिया वेलफेर सेन्टर खोटाङमार्फत मंगलटार–४ का ५४ घरमा चुल्हो निर्माण गरिएको वेलफेर सेन्टर खोटाङले जनाएको छ । २७ जना स्थानीयलाई वेलफेरले तालिम दिएको र दोश्रो चरणमा पुनः सोही तालिम प्राप्त व्यक्तिले ५४ घरमा चुल्हो निर्माण गरेकोे हो । 
चुल्हो प्रयोगमा आएपछि दाउराको कम खपत हुनकनु साथै धुँवा समेत नआउने भएकाले प्रभावकारी भएको उपभोक्ताको भनाइ छ । ९–१० हजारमा प्रति चुल्हो निर्माण कार्य सम्पन्न गर्न सकिने भए पनि एरिया वेलफेर सेन्टर दिक्तेललाई स्थानीयले निबेदन गरेपछि आफुले सो प्रस्ताब कादुरी संस्थालाई गरेपछि कादुरी नेपालको आर्थिक लगानीमा कार्यक्रम सम्पन्न गरिएको एरिया वेलफेर सेन्टर दिक्तेलका एडब्लुओ श्यामकुमार राईले जानकारी दिनुभयो ।
कादुरीकै खर्च अन्तर्गत नेष्ट भन्ने संस्थाका प्राविधिकहरुले चुल्हो निर्माणसम्बन्धी तालिम प्रदान गरेको र कादुरीले आवश्यक सामाग्री खरिद गरिएको राईको भनाइ छ । उक्त कार्यक्रम सम्पन्न गर्न कति खर्च भयो भन्नेबारे बिस्तृत जानकारी आउन बाँकी रहेको राईले बताउनुभयो ।