बैशाख–२३, खोटाङमा वर्षासँगै सडकको माटो बगेर घर खतरामा परेपछि नेपाली सेनाले रोकथाम तथा मर्मत गरिदिएको छ । सदरमुकाम दिक्तेल नजिकै पर्ने बाम्राङ –६ स्थित रमितेडाँडामा अवस्थित सडकमुनि रहेको कर्णबहादुर श्विकर्माको घर खतरामा परेपछि जबरजंग गण मुढे ब्यारेकका एक टोलीले रोकथाम गरिदिएको हो ।
५० जनाको सेनाको टोलीले विश्वकर्माको घर अगाडिको सडकबाट पानी कटान हुने कुलो बनाउनुका साथै वर्षाले बिगारेको सडक मर्मत गरेको जबरजङग गण मुढे ब्यारेकका क्याप्टेन गणेश थापाले जानकारी दिनुभयो । सडकमा सम्याएर राखिएको घडेरी खन्दा निस्किएको माटोको पहिरोले विश्वकर्माको घरको दाँयाबाँया भत्काउन शुरु गरेको स्थानीयको भनाइ छ ।
सडक किनारामा खनिएको घडेरीको माटो डिलमा सम्याएर थुपार्दा त्यस्तो समस्या आएको स्थानीय गंगाबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार होमराज थापाको घडेरी खन्दा निस्किएको माटो दिक्तेल निवासी विष्णुकुमार श्रेष्ठले आफ्नो जग्गमा थुपारेका थिए ।
सोमबार दिउसो परेको वर्षाले जिल्लाका सडकलाई समेत असर पु¥याएको छ । सदरमुकाम दिक्तेलबाट छुट्ने सवारी साधन समेत आंशिक रुपमा अवरुद्ध बनेको छ ।